कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा कीटाणुनाशक औषधि छर्न थालियो

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको चामे बजार र पदमार्ग क्षेत्रमा डिसइन्फेक्टेन्ट स्प्रे (कीटाणुनाशक औषधि) छर्न थालिएको छ ।

मनाङमा कीटाणुनाशक औषधि छर्न थालियो

कारोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि चामेको पदमार्ग क्षेत्र, बजार र सरकारी कार्यालय आउनेजाने बाटोमा कीटाणुनाशक औषधि छर्किइएको हो । स्वास्थ्य कार्यालय मनाङको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कीटाणुनाशक औषधि छरेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।


औषधि छर्कन चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले, डीएसपी मेखबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपाल ३२ नम्बर गुल्म चामेका डीएसपी रमेश भुवाजीलगायत आफैं खटिएका थिए । कोरोना भाइरस संक्रमण हुन नदिन सरोकारवालाको सहयोगमा कीटाणुनाशक औषधि छर्न थालिएको प्रजिअ पौडेलले बताए ।जिल्ला स्वास्थ्य कार्यालयबाट ३० लिटरको कीटाणुनाशक औषधि ल्याएर छर्किइएको हो ।


चामेको तल्लो बजार, सरकारी कार्यालय जाने माथिल्लो बजार साथै चामेको बीच भागबाट तल्लो र माथिल्लो क्षेत्र जाने चक्रीय अन्नपूर्ण पदमार्ग र सडक दायाँबायाँ शुक्रबार कीटाणुनाशक औषधि छरिएको डीएसपी मेखबहादुर कुँवरले बताए ।

प्रकाशित : चैत्र १५, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?