कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनको चौथो दिन : पूर्वीनवलपरासीका गाउँगाउँमा सडक अवरोध 

नारायण शर्मा

नवलपरासी — कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन कार्यान्वयनका लागि पूर्वी नवलपरासीका स्थानीयले सडक बन्द गरेका छन् ।

लकडाउनको चौथो दिन : पूर्वीनवलपरासीका गाउँगाउँमा सडक अवरोध 

सम्भावित कोरोना संक्रमितहरु र अपरिचित व्यक्ति गाउँमा नआउन् भन्दै उनीहरुले सडकमा ढुंगामुढा र तार टाँगेका हुन् । बिहीबार र शुक्रबार कावासोती नगरपालिकाका १४, १६ र ९ नम्बर वडाका भित्रि सडक बन्द गरिएका छन् । त्यस्तै सोही नपाका डण्डा गोछडा सडक (भित्रि सडक) र हसौरामा गाउँ छिर्ने मूलबाटोमै ढुंगामुढा र तार लगाइएको छ । स्थानीयको अवरोधले एम्बुलेन्स सञ्‍चालन र तरकारी बजारका लागि समस्या भएको छ ।


वडा नम्बर १४ का अध्यक्ष जीतबहादुर महतोका अनुसार अग्यौली, रतौल, डण्डा हसौराका भित्रि सडक स्थानीयले बन्द गराएका छन् । 'गाउँलेलाई नगर भन्दा मान्दै मान्दैनन् । उल्टो मलाई नै हप्काए', उनले भने, 'प्रशासनले बिदेशबाट आउनेको लागत लिनु र क्‍वारेन्टाइन बनाउनु भन्ने आदेश गरेको छ त्यही काममा जान पनि समस्या परेको छ ।' उनले सडक अवरुद्ध हुँदा अर्पझट बिरामी पर्नेलाई एम्बुलेन्स हिँडाउन पनि नपाउने अवस्था रहेको सुनाए ।


प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले स्थानीयहरु आफैं सजग भएर घरबाट ननिस्कन आग्रह गरिएको भन्दै अवरुद्ध सडक खोलाइने बताए ।


कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि एक साता लकडाउन गरेको छ ।


प्रकाशित : चैत्र १४, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?