कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट आएका व्यक्तिको दमका कारण क्‍वारेन्टाइनमा मृत्यु

लालप्रसाद शर्मा

पोखरा — झन्डै दुई साताअघि भारतको हैदराबादबाट आएका कास्कीको रुपा गाउँपालिकाका ५० वर्षीय एक व्यक्तिको बुधबार मृत्यु भएको छ । उनी मंगलबारदेखि गाउँपालिकाकाले संचालनमा ल्याएको क्वारेन्टाइनमा बसेका थिए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलका अनुसार ती व्यक्ति बिहान खाना खाएर सुतेका थिए । पछि जाँच्ने क्रममा अलि असहज अवस्थामा भेटिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षेत्रीय अस्पताल लगिएको थियो ।


अस्पताल ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले बताए । आचार्यका अनुसार उनका कोरोनाका कारण नभइ दमका कारण मृत्यु भएको हो । उनीमा ज्वरो, रुघाखोकीलगायत कोरोनाका कुनै लक्षण थिएन । गाउँपालिकाले विदेशबाट फर्किएका सबैजनालाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको छ । क्वारेन्टाइनमा २४ जना राखिएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?