कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङ कालिका सुनसान

प्रकाश बराल

बागलुङ — हजारौंको भीड हुने बागलुङ कालीका भगवती मन्दिरको मेला यो वर्ष रोकिएको छ ।चैत्राष्टमी मेलाको रुपमा ५ सय वर्षअघि देखि चल्दै आएको मानिने मेला यो वर्ष लकडाउनका कारण सुनसान भएको हो । 

बागलुङ कालिका सुनसान

संसारभर कोरोना भाइरसको संक्रमण र जोखिम देखिएपछि बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले विज्ञप्ति प्रकाशित गरेर यो वर्ष पूजा र मेला नहुने जनाएको हो । साथै गुठीले आम नागरिकलाई घरघरमै पूजा गर्न भनेको हो । मन्दिरका पूजारी र सुसारे मिलेर बुधबार बिहान औपचारिक पूजामात्र गरेको गुठीका अध्यक्ष राजु खड्काले बताए ।


कालीका भगवतीको पूजा र दर्शनका लागि आउने भक्तजनसँगै वर्षभरी गाउँघरमा उत्पादन गरेका हस्तकलाका सामाग्री बेच्न समेत मेला लाग्ने गर्थ्यो । गण्डकी प्रदेशमै ठूलो मेला लाग्ने भएकोले चैतेदशै र बागलुङ कालीकालाई जोडेर दर्जनौं कलाकारले गीतसमेत गाएका छन् ।

प्रकाशित : चैत्र १२, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?