कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारफू र लोमान्थाङमा पर्यटकलाई प्रतिबन्ध

आश गुरुङ

लमजुङ — चीनसँग सीमा जोडिएको मनाङको नारफू र मुस्ताङको लोमान्थाङ क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाइएको छ । सीमाक्षेत्रमा अवाञ्छित गतिविधि हुनसक्ने, नेपालबाट तिब्बत र तिब्बतबाट नेपाल प्रवेश गर्नसक्ने भन्दै सरकारले मनाङको नारफू र मुस्ताङको लोमान्थाङ (माथिल्लो मुस्ताङ) क्षेत्र विदेशीलाई प्रतिबन्ध लगाएको अध्यागमन विभागका उपसचिव डिजन भट्टराईले जानकारी दिए । 

नारफू र लोमान्थाङमा पर्यटकलाई प्रतिबन्ध

सन् २००३ बाटमात्रै सरकारी निगरानीमा पर्यटकलाई खुला गरिएका ती ठाउँमा सरकारले मार्च १५ देखि अप्रिल ३० तारिखसम्म प्रतिबन्ध लगाएको उपसचिव भट्टराईले बताए ।


विभागले सूचना प्रकाशित गरी नियन्त्रित क्षेत्रमा सााढे १ महिना पदयात्रा नगर्न रोक उल्लेख गरेको छ । नियन्त्रित क्षेत्रमा जान अध्यागमन विभागले विशेष खालको अनुमतिपत्र जारी गर्छ । अध्यागमनले नारफूका लागि १ सातासम्मको अनुमतिपत्र जारी गरी प्रतिव्यक्ति सिजनमा ९० अमेरिकी डलर र ‘लो’ सिजनमा ७० अमेरिकी डलर लिने गर्छ । माथिल्लो मुस्ताङ क्षेत्रका लागि भने १० दिनको ५ सय डलर तिर्नुपर्छ । उनीहरुले ट्राभल एजेन्सीमार्फत अनिवार्य लाइसेन्स प्राप्त पथ प्रदर्शक लिएर जानुपर्छ ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने भएकाले सार्कका नागरिकले १ हजार र सार्क बाहिरका नागरिकले ३ हजार रुपैयाा तिर्नुपर्छ ।


उपसचिव भट्टराईले नियन्त्रित क्षेत्रमा पर्यटकलाई जारि गरिने विषेश खालको अनुमति दिन रोक लगाएको बताए । ‘सरकारले भीडभाड हुन रोक लगाएको छ । सवै क्षेत्रमा निगरानी बढाएको छ । अप्रील ३० सम्मका लागि नियन्त्रित क्षेत्रमा पर्यटक जान पाउादैनन्’ उनले भने ।


जिल्ला प्रहरी कार्यालय मनाङले जनवरीमा नारफू पर्यटक नगएको जनाएको छ । फेब्रुअरीमा २ र मार्चमा ५ जना पर्यटक नियन्त्रित क्षेत्र नारफू गएका छन् । नारफू जाने पर्यटकको तथ्यांकलाई सीमा प्रहरी चौकी कोतोले राख्ने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) केन्द्रीय कार्यालय पोखराका सूचना अधिकारी ऋषि बरालले चैतमा १, फागुनमा ५, माघमा २ पर्यटक नारफूमा गएको बताए । सदरमुकाम चामेबाट हिाडेर २ दिनमा पुगिने नारफू जाने धेरै पर्यटक काङ्ला पास गरेर ङावल हुादै माथिल्लो मनाङ निस्कन्छन् ।


एक्याप केन्द्रीय कार्यालय पोखराका प्रमुख राजकुमार गुरुङले नियन्त्रित क्षेत्रमा जान अध्यागमनले विशेष पर्मिट जारी गर्ने भएकाले उनीहरु उक्त ठाउामात्रै रोजेर जान सक्ने बताए । एक्याप क्षेत्र पनि पर्ने भएकाले तोकेको दस्तुर उनीहरुले बुझाउनुपर्छ । एक्याप क्षेत्रमा जान उनीहरुलाई काठमाडौंमै पर्मिट दस्तुर तिर्ने व्यवस्था छ ।


चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकलाई पोखरा, काठमाडौं र बेंसीसहरमा पर्यटक प्रवेश शुल्क काउन्टर छ । बेंसीसहरबाट मनाङतर्फ गएपछि लमजुङको सिम्पानी बगैंचा र मनाङको धारापानी चोकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्छ ।

प्रकाशित : चैत्र ९, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?