२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

झरीले लाखौं मूल्य बराबरका इँटा क्षति 

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा ३ दिन अघिको वर्षात्‌ले ५० लाख काँचो इँटामा क्षति पुर्‍याएको छ । यहाँका ९ वटा भट्टामा बनाइँदै गरेको इँटामा क्षति पुगेको हो । गत पुसको झरीले पनि यहाँका सबै उद्योगमा ५  करोड मूल्य बराबरको क्षति पुर्‍याएको थियो ।

झरीले लाखौं मूल्य बराबरका इँटा क्षति 

पूर्वी नवलपरासी इँट्टा उद्योग संघका सचिव कृष्ण गौतमका अनुसार जिल्लामा हरेक सिजनमा ८ देखि १० करोड इँट्टा उत्पादन हुन्छ । उत्पादन गरेर बजारमा पठाउने समयमा पानीले क्षति भएपछि इँट्टा अभाव भएको छ । बजारमा निर्माणको काममा अत्यधिक इँट्टाको माग रहेको छ । यहाँका ९ वटा भटटामा २७ सयभन्दा बढी मजदुर कार्यरत छन् ।


६ वर्षअघिसम्म भारतीय मजदुरमा भर पर्ने उद्योगमा पछिल्लो समय नेपाली मजदुरहरुको बाहुल्यता बढ्दै गएको छ । तराईका मजदुरहरु दक्ष रहेको र उनीहरुलाई नै काममा प्राथामिकता दिने गरेको गौतम बताउँछन् । सिमाना नजिक सस्तो मूल्यका नपाकेको भारतीय इँट्टा आयात हुने पिरलोमा रहेका व्यवसायीहरु पानीले काँचो इँट्टा बिग्रिँदा थप मारमा परेका छन् । अहिले इँटा प्रतिगोटा १५ रुपैयाँ पर्छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?