कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुंगा पल्टँदा फेवातालमा एक बेपत्ता

लालप्रसाद शर्मा

पोखरा — फेवातालमा डुंगा पल्टँदा काठमाडौं कपनका २७ वर्षीय सुमित भनिने रामशरण लुईंटेल बेपत्ता भएका छन् । उनीसँगै रहेका साथीहरु रुपेश अधिकारी र सुविन चालिसेको भने सकुशल उद्धार भएको छ ।  

पोखरा–१८ खपौदीबाट आफैं डुंगा चलाउने क्रममा अनियन्त्रित भइ सोमबार दिउँसो डुंगा तालमा पल्टिएको थियो ।


सशस्त्र र नेपाल प्रहरीले दुईको सकुशल उद्धार गरेका थिए । उनीहरुको अवस्था सामान्य छ ।


वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालका अनुसार तीनै जनाले आफूखुसी लाइफ ज्याकेट पनि नलगाई डुंगा लिएर हिँडेका थिए । पछि डुंगामा पानी भरिएर पल्टिएको उद्धार गरेकाले बताएको उनले जनाए ।

प्रकाशित : फाल्गुन १२, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?