लालप्रसाद शर्मा

२२२ रोपनीको विवाद टुंग्याउन आदेश

पृथ्वीनारायण क्याम्पससँगैको २२२ रोपनीभन्दा बढी विवादित जग्गाको टुंगो लगाउन उच्च अदालत पोखराले मालपोत कार्यालय कास्कीलाई आदेश गरेको छ । पोखरा–१ बगरस्थित तल्लो तगराको कित्ता नम्बर ८३३ को उक्त जग्गा पृथ्वीनारायण क्याम्पसको कि व्यक्तिको भन्ने विवाद लामो समयदेखि जारी छ । 

मनाङेविरुद्ध उजुरी दिने गुरुङ पक्राउ

कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । केही ठगी र बैंकिङ कसुर मुद्दामा उनलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । ‘मिलन गुरुङविरुद्ध बैंकिङ कसुर र ३ वटा ठगी मुद्दामा उजुरी परेकाले पक्राउ गरिएको हो कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए । जाहेरीवालाको नाम भने खुलाउन नमिल्ने उनले बताए । 

अन्नपूर्ण क्षेत्रको हिमपहिरोमा परी ७ बेपत्ता, उद्धारमा ३ हेलिकप्टर (अपडेट)

प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण आधार शिविर जाने र फर्कने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन विदेशी पर्यटक, नेपाली गाइड र पोर्टरको खोजी जारी छ ।

होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापाको निधन

विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । 

थ्री नट थ्री राइफलसहित चन्द समूहका सेक्रेटरी पक्राउ

गोली लोड गरेर राखिएको थ्रीनटथ्री राइफलसहित प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटालाई बेनी नगरपालिका–२ भकिम्लीस्थित उनकै घरबाट आइतबार राति पक्राउ गरिएको म्याग्दी प्रहरीले जनाएको छ ।

लालप्रसाद शर्माका लेखहरु :

तीन ठाउँमा विस्फोट

प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ का तीन मतदानस्थल नजिक बिस्फोट भएको छ । 

कास्की-२ मा २५ उम्मेदवार, ११ स्वतन्त्र

कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा रिक्त प्रतिनिधिसमा सदस्यका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २५ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेकपाबाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेललगायतले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङले उम्मेदवारी दिए । 

घूससहित कम्प्युटर अपरेटर पक्राउ 

डिभिजन सडक कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई सेवाग्राहीबाट १ लाख ७५ हजार घूससहित अख्तियार टोलीले पक्राउ गरेको छ । 

सातै प्रदेशका सांसदलाई कुस्त बजेट

अधिकारसम्पन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदको तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् । सबै प्रदेशहरूले विनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका हुन् ।

गण्डकीको नीति तथा कार्यक्रम : पुरानैलाई निरन्तरता

चालु र अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिएर गण्डकी प्रदेश सरकारले शुक्रबार आगामी आव २०७६/७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आकर्षक नारा र भाषा परिवर्तन गरी पुरानैलाई निरन्तरता दिएको छ ।