कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दका स्याङ्जा इन्चार्ज सत्तारुढ नेकपा प्रवेश

कान्तिपुर संवाददाता

गोरखा — प्रतिबन्‍धित नेकपा (चन्द समूह) स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डे सत्तारुढ नेकपा प्रवेश गरेका छन् । 

चन्दका स्याङ्जा इन्चार्ज सत्तारुढ नेकपा प्रवेश

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार पाण्डेलाई टीका र खादा लगाएर पार्टी प्रवेश गराए । गण्डकी गाउँपालिका–४ फुजेलका पाण्डे चन्द नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाउनुअघि उक्त पाटीको गोरखा सेक्रेटरीको भूमिकामा पनि थिए ।


जनयुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा पाटी प्रवेश गरेका पाण्डेले अब हतियारको आन्दोलनको जरुरत नरहेको बताए । ‘आठ वर्षपछि पुन: पाटीमा धुविकृत हुने अवसर मिल्यो,’ उनले भने, ‘जनयुद्ध र जनआन्दोलनपछिको संघीय गणतन्त्रबाट नै नेपालको समृद्धि गर्न सकिन्छ भन्‍ने ठम्याइ गरेँ ।’

प्रकाशित : फाल्गुन १, २०७६ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?