कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सातादेखि हराएकाको शव भेटियो

गोरखा — एक सातादेखि सम्पर्कविहिन रहेका सहिद लखन गाउँपालिका–७ बुंकोटका ४७ वर्षीय काजिराम थापा मंगलबार मृत भेटिएका छन्।

गोरखा नगरपालिका–९ मा उनको शव भेटिएको डीएसपी वासुदेव खतिवडाले बताए । थापा माघ ९ गतेदेखि परिवारको सम्पर्कमा थिएनन् । भीरबाट लडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ । उनको टाउकोमा चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए ।


प्रकाशित : माघ १४, २०७६ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?