कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वी जयन्तीमा गोरखाका ५ स्थानीय तहमा सार्वजनिक बिदा

हरिराम उप्रेती

गोरखा — पुस २७ गतेपृथ्वी जयन्तिमा यहाँका ५ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । गोरखा र पालुङटार नगपालिका तथा भिमसेन थापा, सिरानचोक र अजिरकोट गाउँपालिकाले कार्यपालिका बैठकबाट सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । सार्वजनिक सूचनामार्फत पाँचै वटै पालिकाले बिदाको निर्णय पनि सार्वजनिक गरिसकेका छन् । 

पृथ्वी जयन्तीमा गोरखाका ५ स्थानीय तहमा सार्वजनिक बिदा

विद्यालय, वित्तीय संघ संस्था र सरकारी कार्यालय १ दिनका लागि बिदा दिएर पृथ्वी जयन्ती उत्सवको रुपमा मनाउन लागिएको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले बताए । गोरखा संग्राहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छ । उक्त स्थानमा विशेष समारोह आयोजना गरी पृथ्वी जयन्ती मनाउने गोरखा नगरपालिकाको तयारी छ ।


गणतन्त्र स्थापनापछि सरकारी तवरबाट पहिलो पटक उत्सवको रुपमा पृथ्वी जयन्ती मनाउन लागिएको हो । गणतन्त्र स्थापनापछि पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा नागरिकस्तरबाटै पृथ्वी जयन्ती मनाउँदै आइएको थियो । ‘गोरखा जिल्ला र राजा पृथ्वीनारायण शाहको सम्बन्ध अन्योन्याश्रित र ऐतिहासिक छ,’ नगर प्रमुख पन्तले भने,‘ इतिहासको रक्षा साथै ऐतिहासिक जिल्लाबाट थालनी भएको नेपाल राज्यको निर्माणमा पृथ्वीनारयण शाहले जुन भूमिका र योगदान छ त्यसलाई गोरखाली जनताले बिर्सन सक्दैन ।’

नेपाल राष्ट्र निर्माणमा उनले गरेको कार्यको उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट पृथ्वी नारायण शाहको जन्मजयन्ती भव्यताका साथ मनाउने निर्णय भएको उनले बताए । आइतबार (२७ गते) बिहान गोरखा नगर क्षेत्रको सरसफाई तथा दिउँसो हरमटारीदेखि गोरखा संग्राहालयसम्म झाँकीसहितको र्‍याली निकालेर बृहत् तवरले पृथ्वी जयन्ती मनाउन लागिएको उनले बताए ।

इतिहासलाई जोडेर भ्रमण वर्षमा अधिकतम पर्यटक भित्र्याउन पनि उत्सवले सघाउने अपेक्षा राखिएको छ । पालुङटार नगरपालिका र भिमसेन थापा, सिरानचोक र अजिरकोट गाउँपालिकाले पनि आा–आफ्नो स्थानीय तहमा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरी पृथ्वीजयन्ती मनाउने बताएका छन् ।


प्रकाशित : पुस २६, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?