एनसेल टावरमा आगजनी

गोरखा — सहिद लखन गाउँपालिका–१ वक्राङको एनसेल टावरमा आगजनी भएको छ । 

राति शुक्रबार करिब साढे ११ बजेतिर टावरमा जडित तारमा आगो लगाइएको एसपी ओम अधिकारीले बताए । ‘पराल र बोराहरु सल्काएर आगो लगाइएको छ,’ उनले भने, ‘इक्‍वीपमेन्ट र टावरमा कनेक्सन हुने तारमा मात्र क्षति पुगेको छ ।’


आगजनी नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको हुनसक्ने प्रहरी अनुमान छ । अहिले उक्त क्षेत्रमा एनसेल मोबाइलको सेवा प्रभावित बनेको छ ।


टावरमा क्षति पुर्‍याएको बारे सुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २६, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?