कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

खोलाले बगाएर बालिका बेपत्ता

केदार शिवाकोटी

दाेलखा — दाेलखाकाे गाैरीशंकर गाउँपालिका-७ मार्बुकी एक बालिकालाई खाेलाले बगाउँदा बेपत्ता भएकी छन् । बुधबार साँझ विद्यालयबाट फर्कने क्रममा स्थानीय घट्टेखाेलाले बगाएर रामकृष्ण श्रेष्ठकी १३ वर्षीया छाेरी आयुसा श्रेष्ठ बेपत्ता भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएकाे छ ।

हामावर्ती माध्यमिक विद्यालयमा अध्ययनरत बालिका विद्यालयबाट घर फर्कने क्रममा साथीहरूसँगै आएकी थिइन् । फड्केबाट नभई उनी खाेलाबाट नै तर्ने क्रममा बगेर बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । उनकाे खाेजी कार्य भईरहेकाे प्रहरीले जनाएकाे छ ।



प्रकाशित : श्रावण ११, २०८० ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?