कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नीरबिरालो मृत फेला

केदार सिवाकोटी

दोलखा — भीमेश्वर नगरपालिकाको वडा नम्बर–३ गौतमटोलनजिकै सडकमा मृत अवस्थामा दुर्लभ नीरबिरालो फेला परेको छ । थोरथली सामुदायिक वननजिकै चरिकोट–दोलखा सडक खण्डमा बुधबार राति मृत अवस्थामा पोथी नीरबिरालो फेला परेको हो ।

नीरबिरालो मृत फेला

सडकमा मृत अवस्थामा नीरबिरालो फेला परेपछि स्थानीयले वन कार्यालयमा जानकारी गराएका थिए । बाटो काट्ने क्रममा गाडीको ठक्करले नीरबिरालोको मृत्यु भएको डिभिजन वन कार्यालय दोलखाका रेन्जर गुप्तबहादुर बस्नेतले बताए । सोही स्थानमा ६ महिनाअघि पनि भाले नीरबिरालो मृत फेला परेको थियो ।

दुर्लभ मानिएको ‘गाजले नीरबिरालो’ थोरथली सामुदायिक वनमा देखा परेको थियो । उक्त वनमा भएको जोडी नीरबिरालो ६ महिनाको फरकमा एकै स्थानमा मृत फेला परेको उनले बताए ।

‘दुर्लभ मानिएको नीरबिरालो ६ महिनाको फरकमा एकै स्थानमा मृत फेला परे,’ उनले भने, ‘बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुन सक्छ । खोरथली वनमा नीरबिरालो देखिएकोमा खुसी भएका थियौं ।’ मानवीय असावधानीले उक्त वनमा भएको जोडी नीरबिरालो मरेको उनले बताए ।

प्रकाशित : असार १४, २०८० १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?