२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

दोलखा — दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

शैलुङ गाउँपालिका- ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ आइरहेको वाग्मती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा बुधबार बिहान दुर्घटना परेको प्रहरीले जनाएको छ ।जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दुर्घटनामा अधिकांश गम्भीर घाइते छन् ।उनीहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । क्षमता भन्दा बढी मलामी बोकेको बलेरोको ब्रेक फेल भएर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०८१ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?