कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

सर्लाहीको लालबन्दीमा हतियारधारी समूहद्वारा लुटपाट

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दीमा बिहीबार बिहान एक घरमा हतियारधारी समूहले लुटपाट गरेको छ । लुटपाट भएको स्थानबाट पड्किसकेको अवस्थामा एक थान कटुवा पेस्तोल समेत बरामद भएको छ ।

सर्लाहीको लालबन्दीमा हतियारधारी समूहद्वारा लुटपाट

लालबन्दी नगरपालिका–५ शान्तिटोलस्थित रामचन्द्र ठाकुरको घरमा हतियारधारी समूहले बिहीबार बिहान २ बजे लुटपाट गरेको हो । मुखमा रुमाल बाँधेर आएका ५/६ जनाको समूहले ठाकुरको घरबाट नगद र केही सरसामग्री लुटेर लगेको प्रहरीले जनाएको छ । लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । लुटेरा समूहको चक्कु प्रहारबाट घाइते भएका उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

घरको कम्पाउन्ड वालमा लगाइएको ग्रिल नाघेर घरमा प्रवेश गरेका हतियारधारी समूहले प्रतिकारको क्रममा बोकेर आएको कटुवा पेस्तोल समेत प्रहार भएको देखिएको घटनास्थलमा खटिएका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार कटुवाको गोली लुटेरा समूहलाई नै लागेको छ । उनीहरु धान खेतबाट भाग्दा रगतै रगतको टाटा देखिएको छ । लुटेरा समूहको खोजी तीव्र पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदीले गोली लुटेरा समूह मध्येका एकलाइ लागेको हुनाले चाँडै पक्राउ पर्ने दाबी गरे । प्रहरीका अनुसार लुटेरा समूह भन्दा पनि चोरी गर्न आएका जस्तो देखिन्छ ।

प्रकाशित : आश्विन ४, २०८० ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?