३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

लहानमा आक्रमण गरी डकैती, ५ जना घाइते

विनय आजाद

सिरहा — लहान नगरपालिका-१७, एकरतियामा डकैती भएको छ । गएराति ५-७ जनाको समूहमा आएका हतियारधारी डाँका समूहले चार वटा घरमा लुटपाट गरेका हुन् ।

लहानमा आक्रमण गरी डकैती, ५ जना घाइते

उनीहरूले स्थानीय रामऔतार ठाकुर, रामबाबु ठाकुर, दिलिप यादव, लक्ष्मी यादवको घरबाट करिब ५ लाख बराबरको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ । यसैगरी, डाँका समूहको आक्रमणमा स्थानीय ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजना गम्भीर छन् । उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ भने बाँकी ४ जनाको स्थानीय स्तरमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, उनीहरू सोमबार राति ११ बजेर ४० मिनेटमा गाउँ पसेका थिए । खबर भएपछि तत्कालै प्रहरी पुगेका कारण थप क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोतीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको र संलग्नहरूको खोजीकार्य भइरहेको डीएसपी सोतीको भनाइ छ ।

प्रकाशित : जेष्ठ १, २०८१ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?