२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

मधेस : प्रदेश सांसदको शपथ शुक्रबार

धनुषा — मधेस प्रदेशका सांसदहरूलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ । सोमबार प्रदेश सभा संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठकमा पुस १५ शुक्रबार २ बजे प्रदेश सांसदहरूलाई शपथ गराउने निर्णय गरिएको हो । 

मधेस : प्रदेश सांसदको शपथ शुक्रबार

प्रदेश सांसदहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य ७१ वर्षीय गोविन्द न्यौपानेले शपथ गराउने प्रदेशसभा संसद् सचिवालयका सचिव रञ्जित यादवले बताए । सप्तरी–४ (१) बाट निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपाने नेकपा एसका नेता हुन् । उनको स्वास्थ्य ठीक नरहेकाले विकल्पमा बारा–२ (१) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद ७० वर्षीय शारदाशंकर प्रसाद कल्वारबाट शपथ गराउन सकिने सचिव यादवले बताए ।

प्रदेशमा १ सय ७ प्रदेश सांसद छन् । यहाँ एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा ९, माओवादीका ८, नेकपा (एस) ७, नेपाल संघीय समाजवादी पार्टीका १, नेराप्रपाका १ र नागरिक उन्मुक्ति पार्टीका १ र स्वतन्त्र ६ जना सांसद छन् ।

प्रकाशित : पुस १२, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?