२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो ।

सोही स्थानमा तुलसी हुमागाईंले सञ्चालन गरेको चिरान मिलमा कुरुवाको काम गर्दै आएकी रखाल बुधबार साँझ मिलभित्रै आगो तापेर बसेकी थिइन् ।

आगो तापिरहेको अवस्थामा अचानक शरीरको कपडामा आगो सल्किई घाइते भएकी रखालको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ७, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?