सिरहामा लागूऔषधसहित चार जना पक्राउ


सिरहा — प्रहरीले लागूऔषधसहित सिरहाका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धनगढीमाई नगरपालिका–१२ स्थित कुस्माहाबाट ९२ किलोग्राम गाँजासहित भगवानपुर गाउँपालिका–४ का शिवनाथ मण्डल, बेचु मण्डल र सप्तरी बोदेवसाइन ९ का रामकुमार साहलाई पक्राउ गरेको हो ।
चार वटा बोरामा बोकेर लैजाँदै गर्दा कुस्माहास्थित खुट्टी खोलाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, सिरहाको नवराजपुर गाउँपालिका–५ कुसुन्डीबाट लागूऔषध डाइजेपाम ३ सय १ एम्पुल, बुप्रेनोर्फिन ३ सय १ एम्पुल, फेनारगन ३ सय १ एम्पुलसहित सिन्धुलीका १९ वर्षीय सरु नेपालीलाई पक्राउ गरेको छ । भारतबाट बा ७८ प ७९१६ नम्बरको मोटरसाइकल समेत नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित : मंसिर २६, २०७९ १०:३२