१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

वनमौरीले चिल्दा वृद्धाको मृत्यु

भरत जर्घामगर

सिरहा — वनमौरीले चिल्दा वृद्धाको मृत्यु भएको छ । आँपको बगैंचा घुम्न गएकी गोलबजार नगरपालिका–२ गुरुधामकी ७५ वर्षीया रामरती देवी महतोको वनमौरीले चिलेपछि मृत्यु भएको हो ।

मौरीको हुलले जिउभरि टोक्दा बेहोस भएकी उनको धनगढीस्थित आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको स्थानीय प्रेम सिंहले जानकारी दिए ।

अस्पताल प्रशासनले गम्भीर अवस्थामा उपचारका लागि ल्याएकाले उपचार सम्भव नभएको जनाएको छ ।


प्रकाशित : कार्तिक २७, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?