कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

शंकर अाचार्य

पर्सा — वीरगन्जमा आइतबार सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक बटुवाको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३२ चोर्नीका ५९ वर्षीय चोकट महतो छन् ।

उनको वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पतालमा आज बिहान साढे ५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आइतबार वीरगन्ज–३२ चोर्नीमा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली ब्याक गर्ने क्रममा पैदल यात्रा गरिरहेका महतोलाई ठक्कर दिई उनको टाउकोमा गम्भीर चोट लागि घाइते भएपछि उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

दुर्घटना लगत्तै ट्याक्टर चालक सोही ठाउँका २० वर्षीय धर्मेन्द्र यादव फरार रहेकोमा प्रहरीले खोजतलास गरी उनलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : कार्तिक १७, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?