कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

५० लाखको तेल चोरेर बिक्री गर्ने चार जना पक्राउ

तेल र ट्रक पनि बरामद
लक्ष्मी साह

बारा — ठूलो परिमाणमा खाने तेल चोरी गरेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

५० लाखको तेल चोरेर बिक्री गर्ने चार जना पक्राउ

गिरोहका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरोहका चारै जनामध्ये दुई जना बिचौलिया छन् भने दुई जना ट्रक चालक र खरिद गर्ने ठूला व्यापारी छन् ।

तीमध्ये एक जना ट्रक चालक र विचौलिया फरार रहेको प्रहरीले जनायो । अन्य केही फरार रहे पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । नुवाकोट शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बसोवास गर्ने ४३ वर्षीय ट्रक चालक सुकमान तामाङ, रौतहट राजपुर नगरपालिका ६ घर भई गौर नगरपालिका १ मा बसोबास गर्ने ३८ वर्षीय राजु भन्ने रमेशकुमार साह कलवार, बृन्दाबन नगरपालिका ६ का हर्साहाका ३८ वर्षीय शेख कलाम, वडा ८ का ४७ वर्षीय वैद्यनाथ साह तेली पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाबाट प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रक, २ सय ४ क्वीन्टल (३ सय १७ कार्टुन तेल), १ सय ५९ थान खाली कार्टुन बरामदसमेत गरिएको छ ।

गौर नगरपालिका १ स्थित रमेशले गोदाममा भण्डारण गरी राखेको अवस्थामा तेल बरामद गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पत्रकार सम्मेलनमा बताए । यसैगरी, ट्रक बाराको सिम्रौनगढ नगरपालिका ६ मा बेवारिसे अवस्थामा पार्किङ गरी राखेको अवस्थामा बरामद गरिएको उनले बताए । पक्राउ परेका सबैमाथि चोरी मुद्दा दर्ता गरी सोही कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको उनले बताए ।

उक्त तेल पथलैया–वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत परवानीपुर गाउँपालिका ५ बहुअरीस्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रालिको रहेको बताइएको छ । यस उद्योगले उक्त तेल सिन्धुलीस्थित रोबिन सप्लायर्स प्रालिलाई बिक्री गरी वीरगन्जको अंजनी केरियर मार्फत् गत असोज २८ गते सिन्धुलीतर्फ ट्रकमा लोड गरी पठाएको थियो ।

तर ५० लाख पर्ने उक्त तेल ट्रक चालक सुकमाले तेल सिन्धुली नपुर्‍याइ गौरमा लगेर रमेशलाई ३९ लाख २० हजारमा बिचौलियाको काम गर्ने शेख कलाम र वैद्यनाथ मार्फत् रमेशलाई बिक्री गरी दिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

‘बिक्री गराइदिए बापत वैद्यनाथले ४ लाख कमिसन लिएको र अरुलाई कमीसन नदिँदा चोरीको खुलासा भएको छ,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘चालक सुकमाले शेख कलाम मार्फत् वैद्यनाथलाई सम्पर्क गरेको थियो ।’

वैद्यनाथले गौरका व्यापारी रमेशलाई सम्पर्क गराई कसिसन खाएर ५० लाख मूल्यको तेल ३९ लाख २० हजारमा बिक्री गराइदिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार गिरोहका अरु केही अझै फरार रहे पनि पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।

गत शुक्रबार बरामद गरिएको उक्त तयारी सूर्यमुखी खाने तेल १ लिटर र आधा लिटरका प्याकेट रहेका छन् । १४ हजार ५ सय ६० केजीको १ लिटरको प्याकेट र ५ हजार ९ सय १५ केजीको आधा लिटरको प्याकेट रहेको बताइएको छ।

प्रकाशित : कार्तिक ७, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?