कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

निकुञ्जमा सडक दुर्घटनाबाट वर्षेनि मर्छन् दर्जनौं वन्यजन्तु

शंकर अाचार्य

पर्सा — पर्सा राष्ट्रिय निकुञ्जमा वर्षेनि ठूलो संख्यामा वन्यजन्तु सडक दुर्घटनामा परी मर्ने गरेका छन् । निकुञ्जको आधाभार कार्यालयको तथ्यांक अनुसार निकुञ्ज भएर पछिल्लो आर्थिक वर्षमा १३ वन्यजन्तु परेका छन् ।

निकुञ्जमा सडक दुर्घटनाबाट वर्षेनि मर्छन् दर्जनौं वन्यजन्तु

पछिल्लो ६ वर्षको तथ्यांक सार्वजनिक गरेकामा आर्थिक वर्ष २०७३/०७४ मा २४, २०७४/०७५ मा ३५, ०७५/०७६ मा ४२, ०७६/०७७ मा २२, २०७७/०७८ मा ८ र आर्थिक वर्ष २०७८/०७९ मा १३ वन्यजन्तु मरेका छन् ।

उक्त क्षेत्र भएर २ वटा राष्ट्रिय राजमार्ग गुज्रिने भएकाले विशेषगरी त्रिभुवन राजपथको पथलैयादेखि अमलेखगन्ज सडक खण्ड, महेन्द्र राजमार्गको पथलैयादेखि निजगढ सडक खण्ड र महेन्द्र राजमार्गकै हेटौंडा–लोथर सडक खण्डमा बाटो काट्ने क्रममा वन्यजन्तु सवारी साधनसँठ ठोक्किएर मर्ने गरेको बताइएको छ ।

तथ्यांक अनुसार दुर्घटनामा परी मर्ने वन्यजन्तुमा बढी चित्तल, बँदेल, बाँदर, जरायो छन् । आर्थिक वर्ष २०७३/०७४ मा १५, ०७५/०७६ मा १८ र ०७६/०७७ मा ७ चित्तल सडक दुर्घटनामा मरेका थिए । आर्थिक वर्ष २०७४/०७५ मा सर्वाधिक बढी १३ बाँदर मरेका थिए । त्यसैगरी, आर्थिक वर्ष २०७५/०७६ मा १५ बँदेल मरेका थिए । आर्थिक वर्ष २०७४/०७५ मा २ रतुवा, आर्थिक वर्ष २०७३/०७४ र २०७५/०७६ मा १/१ गरी २ वटा निलगाई मरेका छन् । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म निरन्तर ३ वर्ष १/१ वटा इनडेन सिभेट सडक दुर्घटनामा परी मरेका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा १/१ अजिंगर र सुन गोहोरो पनि सडक दुर्घटनामा मरेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा एउटा बाघ राजमार्गमा गुडी रहेको कारसंग ठोक्किएर घाइते भएको थियो । तर उक्त बाघ पछि फेला परेन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम राजमार्गमा तीब्र गतिमा सवारी चलाउने प्रवृत्तिले वर्षेनि ठूलो संख्यामा वन्यजन्तु सडक दुर्घटनामा मर्ने गरेको बताउँछन् । ‘निकुञ्ज भएर गुज्रिने दुबै राजमार्ग मुलुककै अति व्यस्त राजमार्ग हुन्, यी राजमार्गमा चौबिसै घण्टा सवारी साधन गुड्ने भएकाले वन्यजन्तुलाई पनि आर्थिक वर्षागमनमा समस्या हुन्छ,’ उनले भने, ‘निकुञ्ज क्षेत्रमा सवारी चलाउदा चालकले हामी वन्यजन्तुको प्राकृतिक बासस्थानबाट गुज्रि रहेका छौं भन्ने कुरोको हेक्का राख्नु पर्छ, चालकले सावधानी पूर्वक तथा कम गतिमा सवारी चलाउदा पनि थुप्रै वन्यजन्तुले अकालमा मर्नु पर्दैन ।’

निकुञ्ज भएर गुज्रेका राजमार्गमा ठाउँ ठाउँमा सवारी चालकलाई सावधान गर्न चेतनामुल सूचना बोर्डहरू पनि राखिएको उनले बताए । तुलनात्मक रुपमा अघिल्ला २ आर्थिक वर्षमा दुर्घटनामा कम वन्यजन्तु मरेको देखिनुमा भने ती वर्ष कोरोनाकालमा राजमार्गमा सवारी साधन कम गुडेर पनि दुर्घटना कम भएको हुन सक्ने उनले बताए ।

निकुञ्जका सहायक संरक्षण एवम् सूचना अधिकृत सूर्य खड्काले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ ले २६ स्तनधारी, ९ चरा र ३ सरिसृपलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको बताए । ३ सरिसृपमध्ये अजिंगर पनि एउटा हो ।

सवारी दुर्घटनामा परी कुनै पनि वन्यजन्तु मरेको खण्डमा चोरी शिकारी सरहनै थुनामा राखी कानुनी प्रक्रिया सुरु गर्ने गरिएको उनले बताए ।

‘तर न्यायालयले यस्तो मुद्दामा आर्थिक वर्षश्यक विवेक पनि प्रयोग गर्छ,’ उनले भने, ‘चोरी शिकारीभन्दा सवारी चालकले कम सजाय पाइरहेका हुन्छन् ।’ ऐनले वन्यजन्तुको प्रकृति अनुसार सवारी चालकलाई सजायको व्यवस्था गरेको उनले बताए । ‘ऐनले हात्ति,बाघ,गैंडा, चितुवा जस्ता वन्यजन्तुको हकमा बढी र अन्य वन्यजन्तुको हकमा कम सजायको व्यवस्था गरेको छ,’ उनले भने, ‘अधिकतम १० लाख रुपैया जरिवाना र १५ वर्ष कैद सजायसम्मको व्यवस्था पनि ऐनमा छ ।’

प्रकाशित : आश्विन ३०, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?