कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

मधेसमा कांग्रेसका तीन मन्त्री हटाइए

अजित तिवारी

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेका छन् । कांग्रेसका तीनै जना मन्त्रीलाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश प्रमुख कार्यालयलाई पठाइसकेको छ । 

मधेसमा कांग्रेसका तीन मन्त्री हटाइए

संघीय सरकारले जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरूलाई बिहीबार पदबाट हटाएको भोलिपल्ट मधेसका मुख्यमन्त्री राउतले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेका छन् ।

यादव भौतिक पूर्वाधार तथा यातायात, शर्मा खानेपानी तथा सिञ्चाइ र सिंह महिला, बालबालिका तथा खेलकुद मन्त्री थिए ।

मधेस सरकारमा कांग्रेस, माओवादी(केन्द्र) र नेकपा एकीकृत समाजवादीसँग मिलेर जसपाले सरकारको कमान्ड सम्हालिरहेको छ । मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीलाई पदमुक्त गरे पनि माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई हेरफेर गरेको छैनन् ।

बिहीबार राति मुख्यमन्त्री राउतले माओवादीका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहलाई फोन गरेर राजीनामा गर्न आग्रह गरेका थिए । तर शुक्रबार माओवादी र एकीकृत समाजवादीका मन्त्रीको पद कायम राखेर कांग्रेसका मन्त्रीलाई मात्र पदमुक्त गरिएको हो।

मंसिर ४ गते हुने निर्वाचनमा जसपा र एमालेबीच गठबन्धन भएपछि संघीय सरकारमा रहेका जसपाका मन्त्री हटाइएलगत्तै मधेस प्रदेशले पनि कांग्रेसका मन्त्रीलाई पदमुक्त गरिदिएको छ ।

प्रकाशित : आश्विन २८, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?