कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

करेन्ट लागेर पर्सामा दुई मजदुरको मृत्यु

शंकर आचार्य

पर्सा — पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–२६ का रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँपालिका–३ हरिहरपुर बस्ने ३० वर्षीय मजदुर सैफुल्ला अंसारीको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमबार साँझ साढे ६ बजेको समयमा घर अघिल्तिरको विद्युत्‌‌‍को पोलको तारमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।

सोमबार नै वीरगन्ज महानगरपालिका वडा नं ८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा वीरगन्ज महानगरपालिका–९ रानिघाटका ६० वर्षीय मजदुर ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको छ । दिउँसो करिब साढे १२ बजेतिर विद्युतीय तारमा अचानक करेन्ट लाग्दा भुइँमा लडी घाइते भएका साहलाई तत्कालै उपचारको लागि आशाराम अस्पतालमा ल्याइएकोमा त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित : आश्विन २५, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×