कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालन

सुनिता बराल

महोत्तरी — महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालन

जिल्ला समन्वय समिति महोत्तरीको भवनमा आइतबार मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले कार्यालय संचालन गरेका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठ, क्षेत्र नं २ का निर्वाचन अधिकृत अरुण झा, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनी, उपअनुसन्धान अधिकृत अभिनयकुमार सिंहिल्ला लगायतको उपस्थितिमा कार्यालय संचालनमा आएको निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतोले जानकारी दिए ।

प्रकाशित : आश्विन १६, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?