कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रुवाहक बसबाट ४ हजार ५ सय थान लागूऔषध बरामद

भूषण यादव

वीरगन्ज — पर्साको सुवर्णपुरबाट काठमाडौं जाने यात्रुवाहक बसबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।

यात्रुवाहक बसबाट ४ हजार ५ सय थान लागूऔषध बरामद

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सूचना अधिकारी डीएसपी सन्तोष कुमार बस्नेतका अनुसार आइतबार साँझ विशेष सूचनाको आधारमा ठोरी गाउँपालिका–२ स्थित सशस्त्रको बीओपी मूलगेट अगाडि ना.६.ख ४०१ नम्बरको ठोरी मेट्रो नाइटबस जाँच गर्ने क्रममा ४ हजार पाँच सय थान नेट्राभेट–१० टयाब्लेट बरामद भएको हो ।

बसको क्याबिनमा रहेको चालक सिटको पछाडिको सिटमुनि २ प्याकेट (३ हजार टयाब्लेट) र चालकको बायाँपट्टि रहेको ब्याबिनको लामो सिटमुनिबाट एक प्याकेट (१५०० टयाब्लेट) बरामद भएको सशस्त्र प्रहरीका डीएसपी बस्नेतले बताए ।

चितवनको माडी नगरपालिका–८ अयोध्यापुरी निवासी बस चालक लालबहादुर सुनार र सहचालक बासुदेव दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?