कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहामा युवा मृत फेला

भरत जर्घामगर

सिरहा — सिरहामा खाल्डोमा डुबेको अवस्थामा आइतबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार सन्हैठामा नहर बनाउन खनेको खाल्डोमा सिरहा नगरपालिका–२० लगडीगदियानीका ३५ वर्षीय कारी सदाय मृत फेला परेका हुन् ।

घरबाट शनिबार बिहानै कामको खोजीमा निस्केका सदाय आइतबार बिहान सन्हैठास्थित खाल्डोको पानीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । खाल्डोको पानीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?