कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

शंकर अाचार्य

पर्सा — एम्बुलेन्सले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मंगलबार मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो साढे २ बजे वीरगन्ज महानगरपालिका वडा नं २५ अलौस्थित पदम रोड सडक खण्डमा बा २ झ ४०२० नम्बरको एम्बुलेन्सले प्रदेश २–०३–०१२प ५६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करपछि मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–४ का ४० वर्षीय जुमदिन देवान र ७० वर्षीय फजिल देवान घाइते भएका थिए । उपचारको क्रममा दिउँसो ३ बजे ७० वर्षीय फजिल देवानको मृत्यु भएको हो ।

दुर्घटनापछि उनीहरूलाई उपचारका लागि तत्कालै एलएस न्यूरो अस्पताल वीरगन्जमा लगिएको थियो । घाइते जुमदिन देवानको भने उपचार भइरहेको छ । एम्बुलेन्स चालक वीरगन्ज महानगरपालिका वडा नं १९ का ४० वर्षीय जियालाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र २८, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?