कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोलकाता आइपुग्यो डीएपी मल

पर्सा — कृषि सामग्री कम्पनीको डीएपी मल भारतको कोलकाता आइपुगेको छ । कम्पनीले यस वर्ष ग्लोबल टेन्डरबाट भित्र्याउन लागेको डीएपी मल ठेकेदार स्विस सिंगापुर कम्पनीले भारतको कोलकाता बन्दरगाहसम्म ल्याएको हो ।

कोलकाता आइपुग्यो डीएपी मल

कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारका अनुसार ग्लोबल टेन्डरमार्फत २ वटा ठेक्काबाट ४० हजार मेट्रिक टन डीएपी मल आपूर्तिको ठेक्का उक्त कम्पनीले पाएको छ । स्विस सिंगापुरले पहिलो ठेक्काको २० हजार मेटन डीएपी मल हालै कोलकाता बन्दरगाहमा ल्याएको हो । ‘कम्पनीले उक्त मल इजिप्टबाट खरिद गरिल्याएको हो,’ उनले भने, ‘कोलकाता बन्दरगाहमा पानीजहाजको बकेटमा ल्याइएको मल ५/६ दिनपछि बोरामा रिप्याकिङ सुरु गरिनेछ ।’

सोही ठेकेदारले हाल कृषि सामग्री कम्पनीकै युरिया मल कोलकाताबाट रेलमा वीरगन्ज पठाइरहेको छ । त्यसपछि डीएपी मलको प्याकिङ सुरु गर्नेछ । हाल धानबालीका लागि डीएपी मलको आवश्यकता नरहेकाले आउँदो गहुँबालीका लागि उपयोगी हुने कुमारले बताए । उनका अनुसार नेपाल आउने डीएपी मल कुन नाकामा के–कति आउने र कम्पनीको कुन प्रादेशिक कार्यालयले के कति पाउने भनी हालसम्म यकिन भइसकेको छैन ।

यस्तै, स्विस सिंगापुर कम्पनीले नै कोलकाता बन्दरगाहबाट युरिया मल बोकेर वीरगन्जस्थित सिर्सिया बन्दरगाहमा ल्याइरहेको रेल्वे र्‍याकमध्ये सातौं र्‍याक वीरगन्ज आउने क्रममा छ । कुमारका अनुसार, शनिबार छैटौं र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको थियो । सातौं र्‍याक हाल भारतीय रेलमार्गमा रहेको र मंगलबारसम्ममा आइपुग्ने उनले बताए । साउन १३ देखि कम्पनीको युरिया मल बोकेर रेल्वे र्‍याक कोलकाताबाट वीरगन्ज आउन थालेको हो । एक रेल्वे र्‍याकमा करिब २ हजार ५ सय मेटन मल हुने गरेको छ । अब बाँकी २ र्‍याक मल यसै साताभित्र आइसक्ने अनुमान गरिएको छ । कुल ३० हजार मेटन युरिया मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुरले कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालय र भैरहवा प्रादेशिक कार्यालय गरी दुवै कार्यालयका लागि र्सिसिया सुक्खा बन्दरगाहमा २२ हजार ५ सय मेटन मल ल्याइरहेको छ ।

३० हजार मेटन मलमा १० प्रतिशत अर्थात् ३ हजार मेटन मल बफर स्टक (सरकारी कार्यालय तथा आयोजनाहरूका लागि छुट्याउने) मा राखिँदै छ । त्यसपछि बाँकीमध्ये १२ हजार मेटन वीरगन्ज, १० हजार ५ सय मेटन भैरहवा र ४ हजार ५ हजार मेटन विराटनगर प्रादेशिक कार्यालयले पाउनेछ । विराटनगरको मल कोलकाताबाट ट्रकमा ढुवानी गरी पूर्वी नाकाबाट आइरहेको छ ।

प्रकाशित : भाद्र ७, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×