कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसको ठक्करले स्कुल जाँदै गरेका बालकको मृत्यु

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–६ तल्लो बजारमा बसको ठक्करबाट स्कुल जाँदै गरेका बालकको मृत्यु भएको छ । मंगलबार बिहान सदरमुकाम गौरबाट विरगजतर्फ जाँदै गरेको ना ४ ख ६११२ नम्बरको बसको ठक्करबाट बालक गम्भीर घाइते भएका थिए ।

वीरगन्ज जाँदै गरेको खुसी ट्राभल्सको बसको ठक्करबाट स्थानीय जीवन रानामगरका ३ वर्षीय छोरा डेनिस रानामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले बताए ।

‘घटनामा बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेका छौं,’ उनले भने । बजारमा रहेको नमुना निजी विद्यालयमा अध्ययनका लागि अभिभावकसँगै जाँदै गरेका बालकलाई बिहान करिब साढे ९ बजेको समयमा बसले ठक्कर दिएको थियो ।

ठक्कर लागेर बालकको टाउको, निधार, दुवै हात खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो । बालकलाई थप उपचारका लागि तत्कालै वीरगन्ज लगिएको थियो । उपचारकै क्रममा बालकको वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गरुडा नगरपालिका–५ महम्मदपुर घर भएका चालक राजेश साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको प्रहरी निरीक्षक साहले बताए ।

प्रकाशित : श्रावण ३१, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?