१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सर्लाहीमा जुवा खालबाट ७ जना पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको वाग्मती नगरपालिका–३ धरहराबाट जुवा खेलिरहेको अवस्थामा आइतबार अबेर साँझ प्रहरीले नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । त्यसमध्ये एक जना महिला पनि पक्राउ परेकी छन् ।

सर्लाहीमा जुवा खालबाट ७ जना पक्राउ

वाग्मतीको धरहरास्थित घिसिङ होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी एक महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले २ लाख १४ हजार ९ सय ७० रुपैयाँसहित १६ थान कौडा र १ बुक तास पनि बरामद गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा वाग्मती नगरपालिका–३ की ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चरसिंह घिसिङ, वर्ष ३२ का प्रेम बहादुर वाइबा रहेका छन् । यस्तै, हरिवन नगरपालिका–११ का ३४ वर्षीय मणिलाल बोम्जन, ४२ वर्षका मनोज कुमार थिङ, ४५ वर्षका जगत स्याङतान र वर्ष ४१ का पनोज कुमार थिङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पक्राउ परेका जुवाडेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही महिनाअघि मात्र धरहराबाट प्रहरीले ४ लाखभन्दा बढी रकमसहित १२ जना जुवाडेलाई पक्राउ गरेको थियो । यस क्षेत्रमा सेटिङमै जुवा खेलाउने काम चल्दै आएको स्थानीयले बताएका छन् ।

प्रकाशित : श्रावण १६, २०७९ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?