कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

टिपरको ठक्करबाट एकको मृत्यु

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाहीको बरहथवामा शुक्रबार टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव ११ घण्टापछि घटनास्थलबाट उठाइएको छ । मृतकको शव शुक्रबार साँझ ७ बजेपछि घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । 

दुर्घटनाका विषयमा शनिबार यातायात संघ र टिपरधनीबीच छलफल भएको छ । युवकको मृत्यु भएपछि बरहथवा बजार शुक्रबार दिनभर अशान्त बनेको थियो । बरहथवा नगरपालिका–१० किसनपुर टोलमा टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५ लक्ष्मीनिया टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको थियो ।

दक्षिणतर्फबाट आउँदै गरेको ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साहको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६ सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उमाशंकर प्रसाद यादवले बताए ।

प्रकाशित : श्रावण १५, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?