कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीको जंगलमा शिशुको शव भेटियो

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीस्थित सागरनाथ जंगलमा सोमबार साँझ गाडेको अवस्थामा शिशुको शव फेला परेको छ ।

ईश्वरपुर नगरपालिका–१३ स्थित सागरनाथ जंगलमा अन्दाजी १७ महिनाको शिशु (छोरी) को शव फेला परेको प्रहरीले जनाएको छ ।

वस्तुभाउ चराउन जंगल गएका स्थानीयहरूले सोमबार साँझ घर फर्किने क्रममा गाडेको अवस्थामा शिशुको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबर पाएलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले मुचुल्का गरी मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।

शिशुको शव हेर्दा गत रातितिर हत्या गरी शव त्यहाँ गाडेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २०, २०७९ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?