कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुवा खालबाट ६ जना पक्राउ, लाखौं बरामद

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दीबाट जुवा खेलिरहेको अवस्थामा शनिबार साँझ ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट १ लाख ३४ हजारभन्दा बढी रकम समेत बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

लालबन्दी नगरपालिका-१० तुलसीटोलस्थित अम्बरबहादुर गोलेको घरमा जुवा खेलिरहेका ६ जुवाडेलाई इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सबै लालबन्दीकै छन् । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले जुवाडेहरूलाई पक्राउ गर्न सफल भएको प्रनाउ यादवले बताए । प्रहरी प्रवक्तासमेत रहेका यादवका अनुसार जुवाखालबाट १ लाख ३४ हजार ४ सय ५ रुपैयाँ नगद र ३ बुक ताससमेत बरामद भएको छ ।

जुवा खालबाट पक्राउ परेकाहरूलाई आइतबार जिल्ला प्रशासन कार्यालय मलंगवाबाट म्याद थप गरी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?