कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

शंकर आचार्य

पर्सा — बैंकिङ कसुर मुद्दाका एक फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजाम छन् । उनलाई प्रहरीले बुधबार साँझ वीरगन्ज–१ छपकैयाबाट पक्राउ गरी बिहीबार जिल्ला अदालतमा बुझाएको छ ।

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

हजामले २०७६ असार ७ गते कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका– ४ बस्ने तिलकराम गुप्ताले संचालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिबाट ४५ लाख रुपैयाँ उधारो कारोबार गरी फरार रहेको उजुरी परेको थियो ।

हजाम हाल चितवन भरतपुर मनपा– ४ मा गढीमाई सप्लायर्सको संचालकको रुपमा भरतपुर बस्दै आएका थिए । तिलकराम गुप्ताको जाहेरीले वादी नेपाल सरकार हजाम रहेको मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलास संयुक्त वाणिज्य इजलासले १२ लाख २६ हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : असार १७, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?