कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलेश्वर कारागारका कैदीको मृत्यु

सुनिता बराल

महोत्तरी — महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु भएको छ । महोत्तरी लोहारपट्टी नगरपालिका १ का ८० वर्षीय राजकरण यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२ वर्षअघि जिल्ला अदालत जलेश्वरले कर्तव्य ज्यान मुद्दाको फैसलामा उनलाई २० वर्ष जेल सजाय सुनाएको थियो । ८० वर्ष पुगेका र पुरानो रोग रहेकाले उपचारकै क्रममा उनको ज्यान गएको जलेश्वर कारागार महोत्तरीका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए । कारागारका अनुसार शुक्रबार बिहान २ बजे यादवलाई असहज भएपछि जलेश्वर अस्पताल लगिएको थियो । अस्पताल लगेपछि उनको मृत्यु भएको क्षेत्रीले बताए ।

उनको शव अहिले जिल्ला अस्पताल जलेश्वरमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनको पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

प्रकाशित : असार १०, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?