कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा १ सय ७५ किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक, सहचालक भागे

अवधेशकुमार झा

राजविराज — सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकलाई शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको ७ जनाको सशस्त्र प्रहरीको टोलीलाई झुक्याएर ट्रक चालक र सहचालक फरार भएका छन् ।

सप्तरीमा १ सय ७५ किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक, सहचालक भागे

मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा शंका लागेर जाच गर्दा को १ ख २९२५ नम्बरको मिनी ट्रकबाट अदुवासहित १ सय ७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

चेक प्वाइन्टमा जाँच गरिरहँदा ट्रकमा ३ सय ५० केजी अदुवासहित बोरामा प्याकिङ गरिएको गाँजा बरामद भएको थियो । सशस्त्र प्रहरीले जाँच गरिरहँदा अवैध गाँजा लोड रहेको मिनी ट्रकको चालक र सहचालक गाडीबाट ओर्लेर फरार हुनुले घटनालाई शंकास्पद बनाएको छ ।

सशस्त्रले बरामद ट्रक, अदुवा र गाँजा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ ।

प्रकाशित : असार ८, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?