कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाँजासहित १ वृद्ध पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले लागूऔषध गाँजा बिक्रीवितरणमा संलग्न रहेको आरोपमा १ वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-४ अकुवा  टोल बस्ने ६८ वर्षीय रामेश्वर पन्जियार छन् ।

गाँजासहित १ वृद्ध पक्राउ

प्रहरीले मंगलबार साँझ ५ बजे उनको घरमा छापा मारेर ४ किलो ३ सय ग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पन्जियारले लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाका अधारमा प्रहरीले उनको घरमा तलासी लिँदा उनको घरबाट गाँजा बरामद भएको हो । पन्जियारलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए

प्रकाशित : असार ८, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?