सिरहामा पोखरीमा डुबेर बालिकाको मृत्यु

भरत जर्घामगर

सिरहा — सिरहामा पोखरीमा डुबेर बुधबार एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका–३ खोरीयाका मोहम्मद अकबर मियाँकी छोरी ११ वर्षीया गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो ।

साथीहरुसँग बाख्रा चराउन गएका बेला गाउँ नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेको वडाध्यक्ष मोहम्मद रुस्तम अन्सारीले जानकारी दिए । बच्चा डुबेको खबर पाउनासाथ गाउँबाट गएका युवाहरुले निकालेर धनगढीमाईस्थित आरके मेडिसीटी अस्पताल पुर्‍याएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?