कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्साका राजेश रामको हत्या आरोपमा ५ जना पक्राउ

शंकर आचार्य

पर्सा — पर्साको बहुदरमाइ नगरपालिका-५ का राजेश रामको हत्या उनकै भिनाजुसहितका आफन्तले गरेको खुलासा भएको छ । राजेशको शव जगरनाथपुर गाउँपालिका-६ स्थित खोल्सोमा बरामद भएको थियो ।

पर्साका राजेश रामको हत्या आरोपमा ५ जना पक्राउ

शनिबार भिनाजु हिरामन महराको घरमा पहुना लाग्न गएको बेला राजेशलाई हिरामनले आफ्नै परिवारकी एक महिला सदस्यसँग अवैध शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा फेला पारेका थिए ।

त्यसपछि हिरामन र परिवारका सदस्यहरु मिलेर राजेशको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीको अनुसन्धान अनुसार राजेश रामको हत्यापछि महराको परिवारले उनको शव खोल्सामा लगेर फ्याँकिदिएको बुझिएको छ ।

पक्राउ पर्नेहरुमा ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवि, ३५ वर्षीया सुनिता देवि र २२ वर्षीया रिन्कु देवि छन् । प्रहरीले उनीहरुलाई सोमबार सार्वजनिक गरेको हो ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?