कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गाँजासहित युवती पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही सदरमुकाम मलंगवास्थित खेतमा खरानी छर्ने बहानामा ढाकीमा लुकाएर भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा एक युवती पक्राउ परेकी छन् । 

मलंगवा नगरपालिका ९ की १८ वर्षीय पम्मी कुमारी आइतबार साँझ खेतमा खरानी हाल्ने बहानामा ढाकीमा गाँजा राखी माथीबाट खरानीले छोपेर भारततर्फ लैजाने क्रममा पक्राउ परेकी हुन् ।

उनको साथबाट १३ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाँजासहित भारत कट्नै लागेकी युवती सीमामा गस्तीमा रहेको प्रहरी देख्नासाथ ढाकी छाडेर भागेकी थिइन् ।

प्रहरीले खरानीभित्रबाट दुईवटा गाँजाको पोका बरामद गरेपछि भागेको युवतीलाई स्थानीय धनराज साहको घरबाट पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×