कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मधेस प्रदेश : आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

रासस

काठमाडौँ — मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको हो ।

मधेस प्रदेश : आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानुन बमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको सचिव रामकुमार महतोले जानकारी दिए ।

प्रदेश सरकार स्थापना हुँदा उक्त मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय थियो । तर पछि उक्त मन्त्रालय विभाजन हुँदा कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरिएको थियो ।

त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो । फेरि हाल आएर नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय नामकरण गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) प्रदेश सरकारमा सहभागी भएको ११ महिनापछि मन्त्रालयको नाम परिवर्तन गरिएको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले मन्त्रिपरिषद्को निर्णयअनुसार नाम परिवर्तन गरी कामअनुसार मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए ।

प्रकाशित : जेष्ठ ११, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?