कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्साका युवाको हत्या आरोपमा थप ३ पक्राउ  

शंकर आचार्य

पर्सा — ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चाका २३ वर्षीय प्रवीण पाख्रिनको हत्या आरोपी ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं महानगरपालिका–३ महाराजगन्जबाट पक्राउ गरी ल्याइएको हो ।

पर्साका युवाको हत्या आरोपमा थप ३ पक्राउ  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेहरुमा ठोरी–५ बाघमोर्चाका २३ वर्षीय सरोज स्याङ्बो, वीरगन्ज महानगरपालिका – ३२ रामवनका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर छन् ।

पाख्रिनलाई शुक्रबार साँझ ४ बजेर ४५ मिनेटमा ठोरी–५ स्थित बाघमोर्चा मन्दिरको छेउमा पक्राउ गरी युवाहरुको समूहले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी अचेत बनाई फरार भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनको वीरगन्जस्थित एलएस न्यूरो हस्पिटलमा आइतबार बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले स्थानीय एक १७ वर्षीय किशोरलाई शनिबार नै नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको थियो ।

घटनाबारे हालसम्मको अनुसन्धानले मृतक र आरोपीहरु सबै साथी भाइ रहेको र घटनाको दिन उनीहरुबीच झैझगडा भएपछि तत्कालै आक्रोशमा पाख्रिनको हत्या गरेको पत्ता लगाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?