निर्वाचनमा खटिएका प्रहरीका असईले हवल्दार कुटे- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनमा खटिएका प्रहरीका असईले हवल्दार कुटे

शिव पुरी

रौतहट — वीरगन्जको विपद् व्यवस्थापनमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कमलेश यादवले ट्राफिक प्रहरीका सहायक हवल्दार राजकिशोर यादव र उनका भाइ सिकन्दर यादवलाई कुटपिट गरेका छन् ।

कुटपिटबाट दुवैजना घाइते छन् । बारास्थित आदर्श कोतवाल गाउँपालिकामा मतगणनामा खटिएको असई यादव पेस्तोल बोकेर बिना जानकारी रौतहट आएका हुन् । घट्नापछि असई यादव भागेर कार्यरत स्थान बारामा हाजिर भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल गौरमा अस्पतालमा उपचार भइरहेको छ ।

रौतहटको मौलापुर नगरपालिका ८ स्थित सोनरियामा मोटरसाइकल समातेको विषयलाई लिएर बाराको आदर्श कोतवाल गाउँपालिकास्थित च्यूटामा स्थानीय तहको निर्वाचनको मतगणनामा खटिएका प्रसनी यादव संगठनलाई जानकारी नदिई रौतहट आई हवल्दार र उनका भाई माथि आक्रण गरेको हुन् ।

यादवले घरेलु हतियार प्रहार गरको घाइते सिकन्दरले बताए । ‘असई पेस्तोल नै बोकेरै आएको थियो,’ उनले भने, ‘उनले पहिलेदेखि नै कुट्छु भनेर धम्की दिएको थियो । अहिले आक्रमण गर्‍यो।’ कुटपिटमा घाइते ट्राफिक सहायक हवल्दार बाराको लंँगडा चोकस्थित अस्थायी ट्राफिक पोष्टमा कार्यरत छन् ।

उनको घर सोनरनिया हो । औषधी लिन भन्दै घर आएका ट्राफिक हवल्दार राजकिशोर र उनका भाइ सिकन्दरलाई असई यादवले कुटेर घाइते बनाएका हुन् । हवल्दार यादव पनि बिना जानकारी रौतहट आएका हुन् । घट्ना लगत्तै असई यादवलाई पक्रने प्रयास गरे पनि उनी भागेर बारा हाजिर भएको इलाका प्रहरी कार्यालय मौलापुरका इन्चार्ज प्रहरी निरीक्षक नन्दकिशोर चौहानले बताए । ‘हामीले बाराका प्रहरी प्रमुख एसपीलाई सबै जानकारी गराइसकेका छौं, ’ उनले भने, ‘घट्नाबारे अनुसन्धान भइरहेको छ ।’ प्रनि चौहानका अनुसार घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

दुवैको नाक र टाउकोमा चोट लागेको छ । महोत्तरी दरबन्दी भएका असई यादब केही दिन अघि मात्र वीरगन्जस्थित बिपतमा काज आएका हुन् । चुनावका बेला उनी बाराको आदर्श कोतवाल गाउँपालिका खटे । त्यहाँ अहिले मतगणना जारी छ ।

जिल्ला प्रहरी बाराका प्रमुख एसपी दिलिप सिंह देउवाले सोनरनियामा भएको कुटपिटको घट्नाको रौतहट प्रहरीले अहिलेसम्म कुनै जानकारी नगराएको बताए । ‘मलाई घट्ना बारे केही थाहा छैन् । कुटपिट गर्ने असईलाई रौतहट प्रहरीले पक्राउ गरेको होला, ’ उनले भने, ‘घट्नामा स‌ंलग्‍न भए कारबाही हुन्छ ।’

प्रकाशित : जेष्ठ ६, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी उपमन्त्री जिया काठमाडौंमा, शनिबार उच्चस्तरीय भेटवार्ता

जगदीश्वर पाण्डे

काठमाडौँ — नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आइपुगेकी छन् । उनी भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं उत्रिएकी हुन् ।

उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु र अमेरिकी राजदूतावासका अधिकारीहरुले स्वागत गरे ।

उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो । नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना गरेको ७५ औं वर्ष चलिराखेको बेलामा भ्रमणको आदान–प्रदान भइरहेको बताइन् । उनले भनिन्,‘यस्ता विशेष वर्षहरुमा दुवैतिरबाट भ्रमण आदान–प्रदान होस् भन्ने हाम्रो अधिकतम पहल पनि हुन्छ ।’

लम्सालले जियाले नेपालमा आफ्नो पद अनुसार मानव अधिकार, नागरिक सुरक्षा अनि प्रजातन्त्रप्रति द्विपक्षीय रुपमा छलफल गर्ने पनि बताइन् । ‘उहाँ (जिया) को भ्रमणमा दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल हुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन्,‘उहाँको व्यक्तिगत जिन्दगी, व्यक्तिगत भ्रमण र दूतावासले गरेको (तय गरेको) कति कुरा हुन्छन् ।’

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार जियाले नेपाल भ्रमणको दौरानमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ । उपमन्त्री जियाले गृह मन्त्री बालकृष्ण खाँण र मुख्य–सचिव शंकरदास वैरागीसँग पनि भेटवार्ता गर्ने छिन् ।

जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी छन् । जियाको नेपाल र भारत भ्रमण मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ सुदृढ बनाउन र मानवीय प्राथमिकता अगाडि बढाउन केन्द्रित रहने विदेश मन्त्रालयले जनाएको छ ।

प्रवक्ता लम्सालले उपमन्त्री जियाको भ्रमणमा दुई हिसाबले काम गरेको बताइन् । ‘पहिलोचाहिँ उहाँको लजिस्टिक र सुरक्षको कुरा हो । जुन उहाँको बसाइका क्रममा चाहिने कुरा भयो । अर्कोचाहिँ द्विपक्षीय भेटघाटको पक्ष भयो । हामी समवन्यमा गर्ने कुरा भयो । अब उहाँहरुको दुतावासमा गर्ने अर्कै कुरा भयो,’ उनले भनिन् ।

लम्सालले नेपालको परराष्ट्र नीतिमै रहेर विदेशीहरुसँग कुरा गर्ने पनि बताइन् । उनले जियाको यो भ्रमणमा ‘तिब्बती शरणार्थी वा अरु त्यस्तो केहि गर्ने नभएको’ बताइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×