कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गाको विषयलाई लिएर महोत्तरीको औरहीमा झडप, ५ जना घाइते

सुनिता बराल

महोत्तरी — महोत्तरीको औरही नगरपालिका–२ मा जग्गाको विषयलाई लिएर भएको झडपमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको  महोत्तरी प्रहरीले जनाएको छ । 

चन्देश्वर साह र रामजीवन यादवबीच भएको जग्गा विवादको विषयले उग्र रूप लिएपछि दुई पक्षबीच झडप भएको हो । झडपमा चन्देश्वर साहकी ६५ वर्षीया श्रीमती राजकुमारीदेवी साह र उनका छोरा ३५ वर्षका सामसिकिल साह गम्भीर घाइते भएका छन् । त्यस्तै घाइते हुनेमा ५५ वर्षका रामजीवन यादव, उनका भाइ ५० वर्षका रामचन्द्र यादव र २१ वर्षका विजय कुमार छन् ।

लामो समयदेखिको जग्गा विवादका कारण झडप भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए । झडपमा दुवै पक्षका व्यक्ति घाइते भएका र एक जनाको टाउकोमा गम्भीर चोट लागेको र अर्को व्यक्तिको हातमा चोट लागेको मिश्रले जानकारी दिए ।

राजकुमारीदेवी साह र उनका छोरा ३५ वर्षका सामसिकिल साहलाई भने औरहिमा सामान्य उपचारपछि थप उपचारका लागि धरान पठाइएको पारिवारिक स्रोतले जनाएको छ । अन्य घाइतेको औरहीको राधाकृष्ण क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित : वैशाख २९, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?