पर्सा निकुञ्जमा बढे गौरी गाई

काठमाडौँ — पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढेको छ । २०७३ सालको गणनामा १०५ रहेका गौरी गाईको संख्या बढेर अहिले १६४ पुगेको हो । गौरी गाई संरक्षित सूचीको वन्यजन्तु हो । 

पर्सा निकुञ्जमा बढे गौरी गाई

निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार कूल १६४ मा १३१ वयस्क, १७ अर्धवयस्क र १६ बच्चा गौरी गाई छन् । वन्यजन्तु सप्ताहको अवसर पारेर निकुञ्जले ४ गतेदेखि ६ गतेसम्म निकुञ्जको सबै भागमा गौरी गाईको गणना गरेको थियो ।

गणनाका लागि निकुञ्ज र नेपाली सेना गरी १ सय २० जना खटिएका थिए । गणनाका लागि हात्ती प्रयोग गरिएको थियो । चुरेको फेद-घाँच, पानीका घोल-पोखरी भएका क्षेत्र, बाक्लो घाँसे क्षेत्र गौरी गाईको मुख्य बासस्थल हो । समूहमा बस्न रुचाउने गौरी गाईका बच्चालाई बाघले सिकारमा समेत प्रयोग गर्ने गरेको छ ।

सिङका लागि अवैध सिकार हुन थालेपछि आईयूसीएनले सन् १०९६ पछि गौरी गाईलाई खतराको सूचीमा राखेको छ । विश्वमा गौरी गाईको संख्या ७० प्रतिशतले घटिरहेको आईयूसीएनले उल्लेख गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?