कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

स्पन्ज आइरनको आयात बढ्यो

शंकर आचार्य

पर्सा — आयात प्रतिस्थापन गर्न भन्सार शुल्क हटाइएपछि सिर्सिया सुक्खा बन्दरगाहबाट स्पन्ज आइरनको आयात बढेको छ । यस वर्ष पिग आइरनको पनि आयात बढेको छ । फलाम उद्योगको मुख्य कच्चा पदार्थ एमएस बिलेट र हट रोल्ड क्वाइल/प्लेटको आयात भने घटेको छ ।

बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्म स्पन्ज आइरन र पिग आइरनको आयात बढेको छ भने एमएस बिलेट, हट रोल्ड क्वाइल/प्लेटको आयात घटेको छ । चालु आवको फागुन मसान्तसम्ममा यो नाकाबाट १७ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ बराबरको ३१ करोड ८८ लाख ९९ हजार ६ सय किलो स्पन्ज आइरन आयात भएको छ । गत आवको यसै अवधिमा ७ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २० करोड ३३ लाख २४ हजार १२ किलो स्पन्ज आइरन आयात भएको थियो ।

त्यसैगरी, चालु आवको फागुन मसान्तसम्ममा यो नाकाबाट १ अर्ब २८ करोड १३ लाख रुपैयाँ बराबरको १ करोड ९४ लाख ८४ हजार ९ सय ४० किलो पिग आइरन आयात भएको छ । जबकि गत आवको यसै अवधिमा ६५ करोड ९८ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख २६ हजार ४ सय ६० किलो स्पन्ज आइरन आयात भएको थियो ।

चालु आवको फागुन मसान्तसम्ममा यो नाकाबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको १७ करोड ७० लाख २० हजार ८ सय किलो एमएस बिलेट आयात भएको छ । गत आवको यसै अवधिमा यो नाका हुँदै १४ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ बराबरको २६ करोड ७० लाख किलो एमएस बिलेट आयात भएको थियो । त्यसैगरी, चालुको फागुन मसान्तसम्ममा यो नाका हुँदै १५ अर्ब ६१ करोड रुपैयाँ बराबरको १४ करोड ८० लाख किलो हट रोल्ड क्वाइल/प्लेट आयात भएको छ ।

गत आवको यसै अवधिमा १४ अर्ब ४८ करोड रुपैयाँ बराबरको २३ करोड ६ लाख किलो हट रोल्ड क्वाइल/प्लेट आयात भएको थियो । यो नाकाबाट डन्डी तथा जस्तापाता उद्योगको कच्चा पदार्थ आयात गर्ने मुख्य आयातकर्तामा जगदम्बा स्टिल, पञ्चकन्या, हामा आइरनलगायत हुन् । उनीहरूले भारतबाट आयात गर्ने गरेका छन् ।

प्रकाशित : वैशाख ४, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×