२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

सर्लाहीमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जना घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा सोमबार तीर्थयात्रीहरू चढेको बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । 

प्युठानको स्वर्गद्वारी तीर्थस्थल पुगेर फर्किँदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस फुलजोर चोकमा अनियन्त्रित भएर पल्टिएको थियो। मोरङस्थित पारिश्रमिक सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई मन्दिर घुमाउन लगिएको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

बसका चालक, सहचालकसहित ३२ तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा चालकसहित २५ जना तीर्थयात्री घाइते भएको प्रहरीले जनाएको छ । अन्य ९ जना सकुशल रहेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकालाई जनकपुर र बिराटनगर रेफर गरिएको छ भने अधिकांश घाइतेको लालबन्दीमै उपचार चलिरहेको छ ।

बस दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ । आँखामा गम्भीर चोट लागेका चालक उपचारको क्रममा रहे पनि प्रहरी सम्पर्कभन्दा बाहिर छन् । घाइतेहरुमध्ये चालक पत्ता लगाउने काम भइरहेको भन्दै प्रहरीले बसका मालिक सम्पर्कमा रहेको जनाएको छ ।

प्रकाशित : चैत्र २८, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?